म्यान्माका राष्ट्रपति भारत भ्रमणमा « Khabarhub

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो पटक छिमेकी राष्ट्र भारतको भ्रमणका लागि शनिबार भारत आइपुगेको जनाइएको छ ।  भ्रमणमा उहाँले, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारत तथा म्यान्मा सरकारका अनुसार पूर्व सेना प्रमुख तथा म्यान्माका राष्ट्रपति ह्लाइङले आफ्नो पाँच दिने भ्रमणमा व्यापारिक प्रतिनिधिहरूसँग पनि भेट– वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

भारतको विदेश मन्त्रालयले ह्लाइङलको भ्रमणको जानकारी उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ भने प्रवक्ता रणधीर जयस्वालले भारतको पूर्वी राज्य बिहारमा  ह्लाइङलाइ स्वागत गरेको तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन्  । 

राष्ट्रपति मिन आङ ह्लाइङले बौद्ध तीर्थ–स्थल बोधगयाको भ्रमण बाट आफ्नो यात्रा सुरु गर्ने जनाइएको छ । जहाँ भगवान गौतम बुद्धले  बुद्धत्व प्राप्त  गर्नु भएको थियो ।

भ्रमणले बलियो आध्यात्मिक, ऐतिहासिक र जनता–जनताबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै जयस्वालले दुई देशहरू बीच चलिरहेको सहयोगलाई प्रतिबिम्बित गरेको बताएका छन् ।

उनले आगामी सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको भारतको विदेश मन्त्रालयले जनाएको  छ ।

 भेटवार्तामा दुवै नेताहरूले दुई मुलुक बीचको सम्बन्धलाई कसरी अझ बलियो बनाउने भन्ने बारे छलफल गर्ने जयस्वालले नयाँ दिल्लीमा आयोजित पत्रकारहरूसँगको साक्षातकारमा बताएका छन् । 

दुई देशले कसरी आफ्नो आर्थिक सम्बन्धलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गर्ने योजना तयार भएको जनाइएको छ । 

मिन आङ ह्लाइङले गत अप्रिलमा म्यानमारको राष्ट्रपतिको रूपमा शपथ लिनु भएको थियो भने संसदीय अधिकारीहरूका अनुसार उहाँको शपथ ग्रहण समारोहमा छिमेकी राष्ट्रहरू चीन, भारत र थाइल्यान्डका साथै अन्य २० देशका प्रतिनिधिहरू उपस्थित थिए ।
 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  २ : ०३ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो