अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी « Khabarhub

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गरेपनि अन्तिम निर्णय अझै गरेका छैनन् ।

ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिए । 

राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्र सम्झौता अगाडि बढाइने धारणा व्यक्त गरेको बताइएको छ ।

यसअघि अमेरिका र इरानका प्रतिनिधिहरूबीच प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएको थियो । प्रस्तावित सहमतिअनुसार हालको युद्धविरामलाई थप ६० दिनसम्म कायम राख्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषय समावेश छ ।

राष्ट्रपति ट्रम्पले इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला राखिनुपर्ने तथा समुद्री मार्गमा रहेका बारुदी उपकरणहरू हटाइनुपर्ने धारणा राखेका छन् ।

उता, इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले विश्वास केवल व्यवहारिक कदमबाट स्थापित हुने बताएका छन् । उनले दुवै पक्षबाट ठोस कार्यान्वयन भएपछि मात्र थप प्रगति सम्भव हुने धारणा व्यक्त गरेका छन् ।

अमेरिका र इरानबीचको वार्ता जारी रहे पनि सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ ।
 

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  २ : ५० बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका