‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’ « Khabarhub

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन उद्धार कार्य तथा राहत सामग्री वितरणमा गम्भीर अवरोध सिर्जना भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालयका अनुसार, बिहीबार दक्षिणी लेबनानको नाबाटिये क्षेत्रमा भएको आक्रमणले मार्जायौन जिल्लाको एक प्रमुख सडकमा क्षति पुर्‍याएको छ । उक्त सडक घाइतेहरूको उद्धार, राहतकर्मीहरूको आवतजावत तथा सर्वसाधारणलाई अत्यावश्यक वस्तु तथा सेवामा पहुँच पुर्‍याउन महत्वपूर्ण मानिन्छ ।

स्थानीय स्रोतहरूका अनुसार, दक्षिणी क्षेत्रको माराकाह नगरपालिकामा भएको छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै, अल–बस प्यालेस्टिनी शरणार्थी शिविरमा तीन जनाको ज्यान गएको र करिब ३७ जना घाइते भएका छन् ।

बारम्बार जारी गरिएका विस्थापन आदेशका कारण धेरै परिवारहरू घर छोड्न बाध्य भएका छन्। सुरक्षा अवस्था परिवर्तन भइरहँदा उनीहरू पुनः फर्किने र फेरि विस्थापित हुने अवस्था दोहोरिएको छ । टायर सहरका आश्रयस्थलहरू भरिइसकेको बताइएको छ भने धेरै विस्थापित परिवारहरू उत्तरतर्फ सर्न थालेका छन् ।

संयुक्त राष्ट्रसङ्घले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि आफ्ना साझेदार संस्थामार्फत देशभर जीवनरक्षक सहायता उपलब्ध गराइरहेको जनाएको छ । मार्च २ यता विश्व खाद्य कार्यक्रम र साझेदार संस्थाहरूले द्वन्द्व प्रभावित समुदायलाई एक करोड १० लाखभन्दा बढी तातो तथा चिसो भोजन वितरण गरेका छन् । 

साथै, शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय र साझेदारहरूले विस्थापित परिवारलाई एक लाख ७० हजारभन्दा बढी कम्बल र एक लाख ३० हजार गद्दा उपलब्ध गराएका छन् ।

लेबनानका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक इमरान रिजाले देशभर बढ्दो हिंसा र विस्थापन आदेशका कारण समुदायहरूमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले विस्थापन आदेश जारी भएका क्षेत्रबाट भाग्ने क्रममा सर्वसाधारण पनि हवाई आक्रमणको सिकार बनेको जानकारी प्राप्त भएको बताए।

संयुक्त राष्ट्रसङ्घका अनुसार, लेबनानी सरकारी तथ्यांकले मार्च २ यता कम्तीमा ३ हजार ३५५ जनाको मृत्यु भएको र १० हजार ९५ जना घाइते भएको देखाएको छ ।
 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ३ : ५० बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक