हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद « Khabarhub

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली बाह्य कार्य सेवा (इईएएस) मा ‘जलवायु परिवर्तन र यसको हिमालयमा प्रभाव’ विषयमा अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आयोजना गरेको छ ।

संवादमा बेल्जियममा कार्यरत विभिन्न देशका राजदूत, नियोग प्रमुख, कूटनीतिज्ञ, नेपाल, बेल्जियम तथा युरोपेली सङ्घ (ईयू) का सरकारी अधिकारी, जलवायु वैज्ञानिक, प्राज्ञ, विद्यार्थी तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली राष्ट्रहरूले भोगिरहेका चुनौतीबारे विशेष छलफल गरिएको थियो ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत सगरमाथा दिवसको शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तनको मुख्य असर खेपिरहेका संवेदनशील हिमाली पारिस्थितिक प्रणालीको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए। उनले यस क्षेत्रमा नेपालको प्रतिबद्धता र नेतृत्वदायी भूमिकालाई पुनः दोहोर्याएको उक्त दूतावासले जनाएको छ ।

युरोपेली सङ्घका लागि नेपालकी राजदूत सेवा लम्सालले जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेका चुनौतीबारे प्रकाश पार्दै राष्ट्रिय अनुकूलन योजनाको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त वित्तीय लगानी आवश्यक रहेको बताइन् । उनले वैज्ञानिक प्रमाणका आधारमा अन्तराष्ट्रिय समुदायले आफ्ना प्रतिबद्धता पूरा गर्न तथा जलवायु न्यायसम्बन्धी अन्तर्राष्ट्रिय अदालत (आईसीजे) को सुझाव पालन गर्न आग्रह गरिन्।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख महेश्वर ढकालले ‘जलवायु सहनशील नेपालका लागि जलवायु वित्त’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालले समुदायमा आधारित अनुकूलन, नवीकरणीय ऊर्जाको विस्तार, वन संरक्षण तथा राष्ट्रिय निर्धारित योगदान (एनडिसी) कार्यान्वयनमा प्रगति गरिरहेको उल्लेख गरे । उनले विश्वव्यापी जलवायु वित्त प्रणालीमा उच्च कारोबार लागत, सीमित पहुँच र क्षमता अभावजस्ता संरचनागत समस्या रहेको धारणा व्यक्त गरे।

इईएएसका जलवायु तथा वातावरणसम्बन्धी विशेष दूत एन्थोनी अगोथाले जलवायु मुद्दामा नेपालको कूटनीतिक पहलको प्रशंसा गर्दै जलवायु संकटको अग्रपङ्क्तिमा रहेका संवेदनशील राष्ट्रहरूसँगको साझेदारीमा युरोपेली सङ्घ विश्वसनीय साझेदारका रूपमा रहने विश्वास व्यक्त गरे।

बेल्जियमको सङ्घीय जलवायु परिवर्तन विभागअन्तर्गत संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी) का लागि बेल्जियन प्रतिनिधिमण्डलका प्रमुख पिटर विट्टोकले पर्वतीय पारिस्थितिक प्रणालीको संवेदनशीलताबारे चर्चा गर्दै अल्पविकसित राष्ट्रहरूले भोगिरहेका जलवायु प्रभाव न्यूनीकरणका लागि बेल्जियमको अन्तर्राष्ट्रिय सहकार्य जारी रहने बताए।

संयुक्त राष्ट्रसङ्घ ब्रसेल्सकी निर्देशक क्यामिला ब्रुक्नरले हिमालयलाई विश्वको सार्वजनिक धरोहरका रूपमा वर्णन गर्दै जलवायु कार्यका लागि परियोजनामुखीभन्दा प्रणालीगत र सहकार्यमा आधारित दृष्टिकोण आवश्यक छ भने। 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक पेमा ग्याम्त्सोले भिडियो सन्देशमार्फत हिन्दूकुश–हिमालय क्षेत्रलाई विश्वको ‘तेस्रो ध्रुव’का रूपमा उल्लेख गर्दै यस क्षेत्रले आठ देशका करिब दुई अर्ब मानिसलाई स्वच्छ पानी र महत्त्वपूर्ण पारिस्थितिकीय सेवा प्रदान गरिरहेको तथा यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

नेदरल्यान्ड्सको ग्रोनिङ्गेन विश्वविद्यालयका सहप्राध्यापक प्रजल प्रधानले वैज्ञानिक प्रस्तुतीकरणमार्फत जलवायु कार्यको लक्ष्य हासिल गर्न पारिस्थितिक सीमाभित्र रहेर समाजको आधारभूत संरचनालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रमका अन्य सहभागीले हिमालय क्षेत्रका जटिल र परस्पर सम्बन्धित चुनौती समाधानका लागि सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान गरेका थिए । 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ४ : २८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो