नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन « Khabarhub

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले पार्टी नेतृत्व र संगठन सञ्चालन शैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।

पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको वर्तमान अवस्था र कार्यशैलीप्रति निराशा प्रकट गर्दै संगठन सञ्चालनको तरिकामाथि प्रश्न उठाएका हुन्।

उनले पार्टीभित्रका समस्याबारे खुला रूपमा बोल्न र लेख्न अनुकूल वातावरण नरहेको संकेत गर्दै फेसबुकमा लेखेका छन्, ‘नबोलौँ, नलेखौँ भन्यो तर हेर्दाहेर्दै बैराग लाग्ने अवस्था देखिन्छ। नेपाली कम्युनिस्ट पार्टीको संगठन सञ्चालनको तरिका हेर्दा लाग्छ, भिरमा लड्ने गोरुलाई रामरामबाहेक के नै भन्न सकिन्छ र। हाम्रै कर्मले बन्यो, हाम्रै बर्मले सक्नेछौँ भनेजस्तो हुँदैछ।’

पराजुलीको उक्त अभिव्यक्तिलाई पार्टी नेतृत्व र संगठन सञ्चालनप्रतिको असन्तुष्टिको रूपमा हेरिएको छ। उनको टिप्पणी सार्वजनिक भएपछि पार्टीभित्र नेतृत्वको कार्यशैली, संगठन सुदृढीकरण तथा आन्तरिक व्यवस्थापनबारे नयाँ बहस सुरु भएको छ।

पछिल्लो समय नेकपाभित्र संगठन सुदृढीकरण, कार्यशैली र नेतृत्वको भूमिकालाई लिएर विभिन्न तहमा छलफल र बहस चलिरहेका बेला केन्द्रीय सदस्यकै यस्तो सार्वजनिक टिप्पणी आएको हो।

यद्यपि, पराजुलीले आफ्नो टिप्पणीमा कुनै नेता, पदाधिकारी वा निर्णयलाई प्रत्यक्ष रूपमा लक्षित गरेका छैनन्। पार्टी नेतृत्वबाट उनको अभिव्यक्तिबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ४ : ३९ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर