गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी « Khabarhub

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले गरिब, किसान र श्रमिकलाई सम्बोधन नगरेको बताएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको बजेटबारे टिप्पणी गर्दै नेता ज्ञवालीले सत्तारुढ दलले विगतका सरकारमाथि देशलाई ऋणमा डुबाएको आरोप लगाउने गरेको तर आफ्नो बजेटमा भने ६ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने व्यवस्था गरेको बताए ।

उनका अनुसार बजेटमा २ खर्ब ४७ अर्ब वैदेशिक र ४ खर्ब १० अर्ब आन्तरिक ऋणको प्रबन्ध गरिएको छ ।

ज्ञवालीले कुल बजेटको करिब २० प्रतिशत मात्रै पुँजीगत खर्च प्रस्ताव गरिएकाले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य असम्भवप्रायः रहेको बताएका छन् ।

उनले घरायसी विद्युत् महसुल र राइड सेयरिङ सेवामा मूल्य अभिवृद्धि कर भ्याट लगाउने व्यवस्थाको पनि आलोचना गरेका छन् ।

त्यस्तै निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकबाट ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ र निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ उठाउने निर्णयले थप भार पर्ने उनको भनाइ छ ।

यद्यपि उनले निर्माणाधीन ठूला पूर्वाधार आयोजनालाई निरन्तरता दिने, अनावश्यक संरचना खारेज गर्ने, कच्चा पदार्थको भन्सार दर तयारी वस्तुभन्दा कम बनाउने तथा कर प्रणाली सरलीकरण गर्ने जस्ता केही पक्षलाई सकारात्मक रूपमा उल्लेख गरेका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेका थिए। बजेट सार्वजनिक भएसँगै सत्तापक्ष र प्रतिपक्षका नेताहरूबाट पक्ष–विपक्षमा प्रतिक्रिया आउने क्रम जारी छ ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ४ : ४८ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर