रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी  « Khabarhub

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ ।  

कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज बिहान गरेको परीक्षणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ल्याइएको रायोको सागमा विषादीको मात्रा तोकिएको मापदण्डभन्दा बढी देखिएको हो । 

परीक्षण प्रतिवेदनअनुसार उक्त रायोको सागमा अर्गानोफस्फेटको मात्रा ५०.०१६० प्रतिशत देखिएकाले त्यसलाई ‘विसर्जन गर्ने’ (नष्ट गर्नुपर्ने) श्रेणीमा राखिएको छ ।

प्रयोगशालाले कुल १२ वटा तरकारीका नमुनामा परीक्षण गरेको थियो। तीमध्ये रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडा समावेश थिए । बाँकी ११ वटा नमुनामा भने विषादीको मात्रा ‘उपभोग योग्य’ सीमाभित्रै रहेको पाइएको छ ।

प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारी उपभोगका लागि सुरक्षित मानिन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएका तरकारीलाई केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ भने ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका तरकारी खान अयोग्य ठहर गरी पूर्ण रूपमा नष्ट गर्नुपर्ने व्यवस्था छ ।

प्रयोगशालाले यो परीक्षण केवल कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीमा मात्र केन्द्रित रहेको जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ११ : ५५ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

भद्रपुर– ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौं– सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति