मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो « Khabarhub

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ।

श्रीलङ्का पेट्रोलियम कर्पोरेसनले मङ्गलबारदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँले घटाएर ३८२ रुपैयाँ र पेट्रोलको मूल्य २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ कायम गरेको जनाएको छ। यो कटौती करिब छ प्रतिशतसम्म रहेको बताइएको छ।

अमेरिका र इरानबीच द्वन्द्व अन्त्यका लागि वार्ता गर्ने सहमति बनेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्य तीव्र रूपमा घट्न थालेको छ। सोही प्रभावस्वरूप श्रीलङ्काले पनि इन्धनको मूल्य समायोजन गरेको हो।

यसअघि गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको थियो। त्यसको प्रभावस्वरूप श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा बढाएको थियो।

द्वन्द्वका कारण आयात लागत बढेपछि सरकारले विद्युत् उत्पादनको खर्च व्यवस्थापन गर्न बिजुलीको महसुल पनि करिब एकतिहाइले वृद्धि गरेको थियो।

आयातित पेट्रोलियम पदार्थ र कोइलामा अत्यधिक निर्भर रहेको श्रीलङ्काका लागि मध्यपूर्वमा लामो समयसम्म जारी रहने कुनै पनि द्वन्द्वले अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने भन्दै अधिकारीहरूले यसअघि नै चेतावनी दिएका थिए।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १ : २३ बजे

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस

विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य

भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

काठमाडौं- झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक