राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला  « Khabarhub

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला 


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन्

मंगलबार काठमाडौंमा आयोजित संघीयता कार्यान्वयनमा प्रदेश संरचना : समसामयिक संवाद कार्यक्रममा नेता सिटौलाले अहिले राज्य सञ्चालन संविधान बमोजिम चल्न नसकेको र प्रशासन, न्यायालय, प्रहरी लगायत संवैधानिक निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका हुन् ।

देश अहिले कसको नियन्त्रणमा छ भन्न समेत गाह्रो रहेको उनले बताए ।

नेता सिटौलाले नेपालमा प्रतिशोधको राजनीति धेरै नै विकसित भइरहेको भन्दै यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने उल्लेख गए ।

उनले विश्व राजनीतिको प्रभाव नेपालमा पनि रहेको र नराम्रो प्रभाव ज्यादा देखिएको धारणा राखे । राजनीतिक दलभित्र र राजनीतिक दलहरूकोबीचमा अविश्वास दिनप्रतिदिन अझै गहिरिँदै गएको भन्दै सिटौलाले एक ठाउँमा बसेर देशका बारेमा सोच्ने परिस्थिति नै नरहेको जिकिर गरे ।

नेता सिटौलाले संविधान भनेको कुनै धार्मिक ग्रन्थ नभएकाले संविधानवादको विकास क्रममा संशोधन हुनुपर्नेमा जोड दिए । तर संशोधन गर्दा यसका मौलिक पक्षहरूलाई जोगाउँदै कार्यान्वयनका क्रममा देखिएका त्रुटिहरूलाई सच्चाउनुपर्ने उनले बताए । 

नेता सिटौलाले अहिलेको राज्य व्यवस्थालाई साँगुरो घेराभित्र राख्ने कि जनताको पहुँच हुने गरी फराकिलो पार्ने भन्ने प्रश्न देखिएको भन्दै संघीयताको राम्रा पक्षलाई बचाएर र कमजोरीलाई हटाएर नै अघि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  २ : १७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था