निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन « Khabarhub

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ ।

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड सात वर्षसम्म अलपत्र परेको नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो । सात निजी जलविद्युत् प्रवर्द्धक कम्पनीको संयुक्त पहलमा निर्माण कार्यले तीव्रता पाउँदै करिब डेढ वर्षमै सम्पन्न भएको हो ।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाका अनुसार यो उपलब्धिले भविष्यमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र सञ्चालनमा समेत सहभागी गराउने आधार तयार गरेको छ ।

उनका अनुसार प्रसारण पूर्वाधारको अभावका कारण उत्पादन भएको विद्युत् उपयोग हुन नसक्ने समस्या समाधान गर्न निजी क्षेत्र प्रभावकारी साझेदार बन्न सक्छ ।

प्राधिकरणका अनुसार प्रसारण लाइन राष्ट्रिय ग्रिडमा जोड्ने अन्तिम तयारी भइरहेको छ । परीक्षण सफल भएपछि नियमित सञ्चालनमा आउने लाइनमार्फत मर्स्याङ्दी, दोर्दी र त्रिशूली नदी प्रणालीका निजी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह हुनेछ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  २ : ४० बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर