निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन « Khabarhub

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ ।

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड सात वर्षसम्म अलपत्र परेको नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो । सात निजी जलविद्युत् प्रवर्द्धक कम्पनीको संयुक्त पहलमा निर्माण कार्यले तीव्रता पाउँदै करिब डेढ वर्षमै सम्पन्न भएको हो ।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाका अनुसार यो उपलब्धिले भविष्यमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र सञ्चालनमा समेत सहभागी गराउने आधार तयार गरेको छ ।

उनका अनुसार प्रसारण पूर्वाधारको अभावका कारण उत्पादन भएको विद्युत् उपयोग हुन नसक्ने समस्या समाधान गर्न निजी क्षेत्र प्रभावकारी साझेदार बन्न सक्छ ।

प्राधिकरणका अनुसार प्रसारण लाइन राष्ट्रिय ग्रिडमा जोड्ने अन्तिम तयारी भइरहेको छ । परीक्षण सफल भएपछि नियमित सञ्चालनमा आउने लाइनमार्फत मर्स्याङ्दी, दोर्दी र त्रिशूली नदी प्रणालीका निजी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह हुनेछ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  २ : ४० बजे

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा

झापामा मकै उत्पादन घट्यो 

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा