भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया « Khabarhub

भारतीय अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएसँगै चिया उद्योग र किसानमा राहतको आशा पलाएको छ। 

निकासी अवरोध हटेसँगै उद्योगमा थन्किएको चिया भारतीय बजारतर्फ जान थालेको छ भने नयाँ अर्डरसमेत आउन थालेका छन्।

भारतले गुणस्तर परीक्षणसम्बन्धी व्यवस्था परिमार्जन गर्दै सबै खेपको अनिवार्य परीक्षण हटाएर जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि काँकडभिट्टा–पानीट्यांकी नाका हुँदै नेपाली चियाको निकासी पुनः सुरु भएको हो। नयाँ व्यवस्थाअनुसार अब नेपालबाट जाने प्रत्येक पाँच खेपमध्ये एउटा खेपको मात्रै नमुना परीक्षण गरिनेछ।

निकासी अवरुद्ध हुँदा इलामका उद्योगमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो। यसले उद्योगी र किसान दुवैलाई आर्थिक रूपमा ठूलो असर परेको थियो। अहिले निकासी सहज भएसँगै थन्किएको चिया बजारमा पठाउने तयारी तीव्र बनेको छ।

नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका ट्रकहरू भारत प्रवेश गर्न थालेका छन्। व्यवसायीहरूले भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको र व्यापार विस्तार हुने संकेत देखिएको बताएका छन्।

चिया निकासी सहज बनाउन नेपाल सरकारले कूटनीतिक पहललाई तीव्र बनाएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा सम्बन्धित मन्त्रालय र निकाय सम्मिलित कार्यदल गठन गरी भारतीय पक्षसँग निरन्तर समन्वय गरिएको थियो। त्यसपछि भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणाली खुकुलो बनाउने निर्णय गरेको हो।

यद्यपि व्यवसायीहरू पूर्ण रूपमा ढुक्क भने भएका छैनन्। पानीट्यांकी भन्सारमा परीक्षण प्रयोगशाला नहुँदा नमुना परीक्षणका लागि अझै कोलकाता पठाउनुपर्ने अवस्था कायमै छ। साथै भारतीय पक्षले आवश्यकता अनुसार छड्के परीक्षण गर्न सक्ने व्यवस्था पनि यथावत् रहेको छ।

व्यवसायीहरूको भनाइमा तत्कालका लागि निकासीको बाटो खुले पनि यसको दीर्घकालीन स्थायित्व भारतीय पक्षको व्यवहार र दुई देशबीचको समन्वयमा निर्भर रहनेछ। अहिले भने निकासी पुनः सुरु भएसँगै उद्योग, किसान र निर्यातकर्तामा केही राहत र आशा फर्किएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : ३९ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था