ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो  « Khabarhub

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र २४ गते भएको तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधानिकता दिने काम भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न शक्तिहरूले संवैधानिक रूपमा नसकेपछि असंवैधानिक तवरले तोडफोड, हिंसा, हत्या र लुटपाट जस्ता उपद्र मचाएर सरकार ढाल्ने बाटो रोजेको र त्यसलाई अहिले वैधानिकता दिने काम भएको बताएका हुन् ।

उनले भूकम्प, कोभिड–१९ महामारीका कारण ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउनुका साथै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई अगाडि बढाउने प्रयत्न गरेको तर कसैलाई त्यो कुरा सह्य नभएको तर्क गरे । 

उनले सबै जनताले न्याय पाउने र भयमुक्त, शान्तिपूर्ण नेपाल निर्माणको प्रणालीबाट आफूहरू पुनः अगाडि बढ्ने उल्लेख गरे ।

त्यस्तै अध्यक्ष ओलीले विश्वकप फुटबलमा नेपालभन्दा साना र भर्खरै विकासशील चरणमा प्रवेश गरेका देशहरूले उत्कृष्ट प्रदर्शन गर्दा नेपालमा भने सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको तर्क गरे ।  

उनले नेपालमा खेलकुदको विकासका लागि खेलाडीले उपयुक्त शारीरिक विकास गर्न नपाउने जस्तो स्थिति हुन नहुने बताए । 

खेलकुद महासंघले खेल मात्र खेल्ने नभई, देशको अवस्था बुझ्ने र देशप्रति जिम्मेवार नागरिकका रूपमा खेलाडीहरू उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : ५८ बजे

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा– सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९०

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफल गर्दै रवि

काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि