वैशाखयता विपद्‌मा परेर १२१ को मृत्यु « Khabarhub

वैशाखयता विपद्‌मा परेर १२१ को मृत्यु


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख १ गतेदेखि असार १६ गतेसम्मको अवधिमा  देशभर भएका विभिन्न विपद्का घटनामा परी १ सय २१ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा कुल २ हजार ५ सय ६५ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । विपद्का घटनामा परी ७ सय २० जना घाइते भएका छन् भने ३ हजार ५ सय ५९ परिवार प्रभावित भएका छन् । सुखद पक्ष के छ भने यस अवधिमा भएका घटनाहरूमा कोही पनि बेपत्ता भएका छैनन् ।

प्राधिकरणको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा बढी मानवीय क्षति सर्पदंश र लेक लाग्ने समस्याका कारण भएको छ । यो अवधिमा ३ सय ६० वटा सर्पदंशका घटनामा २३ जनाले ज्यान गुमाएका छन् भने ३ सय ३८ जना घाइते भएका छन् ।

लेक लागेका ५४ वटा घटनामा २१ जनाको मृत्यु भएको छ । भौगोलिक कठिनाइ र पूर्वतयारीको कमीका कारण यसमा मृत्युदर उच्च देखिएको हो । विपद्का घटना संख्याका आधारमा आगलागी सबैभन्दा ठूलो चुनौती बनेको छ । दुई महिनाको अवधिमा ८१२ स्थानमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् । आगलागीबाट ८९१ परिवार प्रभावित भएका छन् ।

त्यसैगरी, १९५ वटा चट्याङका घटनामा परी १६ जनाको मृत्यु र ९२ जना घाइते भएका छन् । वन्यजन्तुको आक्रमणबाट १३ जना र तीव्र हावाहुरीका कारण १३ जनाको मृत्यु भएको छ भने हावाहुरीका कारण सबैभन्दा बढी १ हजार ३ सय ५० परिवार प्रभावित भएका छन् ।

मनसुन सुरु भएसँगै बाढी र पहिरोका घटनाहरू पनि बढ्न थालेका छन् । बाढीबाट ६ जना र पहिरोबाट ५ जनाको मृत्यु भइसकेको छ । भारी वर्षाका कारण ३ जना र डुङ्गा पल्टिँदा २ जनाले ज्यान गुमाएका छन् ।

 १ सय ८८ वटा वन डढेलोका घटनामा १ जना र हिउँ पहिरोमा परी १ जनाको मृत्यु भएको छ । प्राधिकरणले मनसुन र गर्मीयाममा हुने यस्ता विपद्का घटनाहरूबाट बच्न पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : ३८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था