अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने « Khabarhub

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा विस्फोट नभएका गोलाबारुदको जोखिम हटाउन प्रमुख खानी निकासी संस्थासँग संयुक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ।

सम्झौताअनुसार पूर्वी अफगानिस्तानका नङ्गरहार, कुनार र नुरिस्तान प्रान्तका विभिन्न जिल्लामा रहेका करिब १८ लाख वर्गमिटर दूषित क्षेत्रलाई सुरुङ तथा विस्फोटक पदार्थबाट मुक्त गरिनेछ।

परियोजनाअन्तर्गत ती तीनै प्रान्तमा द्रुत आपतकालीन प्रतिक्रिया टोली गठन गरिनेछ। साथै प्रभावित समुदायका ३६ हजार ६८० बासिन्दालाई बारुती सुरुङ तथा विस्फोटक सामग्रीबाट हुने जोखिमबारे सचेतना तथा सुरक्षा शिक्षा प्रदान गरिने जनाइएको छ।

प्राधिकरणका अनुसार परियोजना पूर्ण रूपमा कार्यान्वयन भएपछि करिब दुई लाख १५ हजार मानिस प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

अफगानिस्तानमा विगतका दशकदेखि जारी युद्धका क्रममा जमिनमुनि गाडिएका बारुती सुरुङ र विस्फोट नभएका गोलाबारुदका कारण अहिले पनि हरेक महिना दर्जनौँ मानिस प्रभावित हुने गरेका छन्। तीमध्ये अधिकांश पीडित बालबालिका हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय निकायले जनाएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : ५७ बजे

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो

खैरो हेरोइनसहित चारजना पक्राउ

भद्रपुर– शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चारजना पक्राउ परेका

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापा– जिल्लाभर गत आर्थिक वर्ष  २०८२-८३ मा सात लाख ६१

अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

जनकपुरधाम– गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको