अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने « Khabarhub

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा विस्फोट नभएका गोलाबारुदको जोखिम हटाउन प्रमुख खानी निकासी संस्थासँग संयुक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ।

सम्झौताअनुसार पूर्वी अफगानिस्तानका नङ्गरहार, कुनार र नुरिस्तान प्रान्तका विभिन्न जिल्लामा रहेका करिब १८ लाख वर्गमिटर दूषित क्षेत्रलाई सुरुङ तथा विस्फोटक पदार्थबाट मुक्त गरिनेछ।

परियोजनाअन्तर्गत ती तीनै प्रान्तमा द्रुत आपतकालीन प्रतिक्रिया टोली गठन गरिनेछ। साथै प्रभावित समुदायका ३६ हजार ६८० बासिन्दालाई बारुती सुरुङ तथा विस्फोटक सामग्रीबाट हुने जोखिमबारे सचेतना तथा सुरक्षा शिक्षा प्रदान गरिने जनाइएको छ।

प्राधिकरणका अनुसार परियोजना पूर्ण रूपमा कार्यान्वयन भएपछि करिब दुई लाख १५ हजार मानिस प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

अफगानिस्तानमा विगतका दशकदेखि जारी युद्धका क्रममा जमिनमुनि गाडिएका बारुती सुरुङ र विस्फोट नभएका गोलाबारुदका कारण अहिले पनि हरेक महिना दर्जनौँ मानिस प्रभावित हुने गरेका छन्। तीमध्ये अधिकांश पीडित बालबालिका हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय निकायले जनाएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : ५७ बजे

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य