पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध « Khabarhub

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले थालेको आन्दोलन २१औँ दिनमा प्रवेश गरेको छ। आन्दोलनका कारण सरकारी अस्पतालहरूमा बाह्यरोगी (ओपिडी) सेवा बन्द हुँदा हजारौँ बिरामी नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।

ओपिडी सेवा लामो समयदेखि अवरुद्ध हुँदा विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको जनाइएको छ। यद्यपि आपत्कालीन सेवा, शल्यक्रिया कक्ष र डायलिसिस सेवा भने सञ्चालनमा रहेका छन्। परामर्श तथा नियमित फलोअपका लागि अस्पताल पुगेका हजारौँ बिरामी उपचार नपाई घर फर्किन बाध्य भएको पाकिस्तानी पत्रिका डन ले जनाएको छ।

डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) क्वेटा जोन र यङ डाक्टर्स एसोसिएसन (वाईडीए) को संयुक्त नेतृत्वमा आन्दोलन भइरहेको हो।

पीएमए क्वेटा जोनले विज्ञप्ति जारी गर्दै एसिड आक्रमण भएको करिब तीन सातासम्म पनि सरकारले घटनाको प्रभावकारी अनुसन्धान गर्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा चिकित्सक समुदायले उठाएका मागमा सरकारले पर्याप्त पहल नगरेको एसोसिएसनको आरोप छ।

एसोसिएसनले आक्रमणको पारदर्शी, निष्पक्ष र न्यायिक छानबिनको माग दोहोर्‍याउँदै अनुसन्धान सम्पन्न नभएसम्म प्रान्तीय स्वास्थ्य सचिव र सिभिल अस्पताल क्वेट्टाका मेडिकल सुपरिटेन्डेन्टलाई जिम्मेवारीबाट हटाउन पनि आग्रह गरेको छ। उनीहरूको उपस्थितिले अनुसन्धान प्रभावित हुन सक्ने दाबी गरिएको छ।

पीएमएले ३० भन्दा बढी वरिष्ठ चिकित्सक र स्वास्थ्य अधिकारीविरुद्ध सुरु गरिएको कारबाहीको पनि आलोचना गर्दै त्यसलाई चिकित्सा पेशाप्रति अन्यायपूर्ण र अपमानजनक कदम भएको जनाएको छ।

आन्दोलन जारी रहेकाले आगामी रणनीति तय गर्न सिभिल अस्पताल क्वेट्टामा चिकित्सकहरूको साधारणसभा बोलाइएको छ। पीएमएले बलुचिस्तानका मुख्यमन्त्री, मुख्य सचिव, प्रान्तीय स्वास्थ्य मन्त्री तथा बलुचिस्तान उच्च अदालतका मुख्य न्यायाधीशलाई तत्काल हस्तक्षेप गर्न पनि आग्रह गरेको डनले उल्लेख गरेको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ०० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था