प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल « Khabarhub

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन् ।  

रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताए । 

उनले भने, ‘यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरुप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो ।’

राष्ट्रपति पौडेलले निःस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफूलाई लागेको भन्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिँदो परिवेशमा अझ सान्दर्भिक हुँदै गएको बताए । 

उनले भने, ‘खासगरी समाजसेवा, मानवता र शान्तिको अभियानमा तपाईँहरूको योगदान प्रशंसनीय छ । किनकि यो संस्था सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित एउटा विश्वव्यापी अभियान पनि हो जसका सदस्यहरू समाज रूपान्तरणको सत्कार्यमा सक्रिय छन् ।’

संयुक्त राष्ट्रसङ्घको चार्टर लेखनमा रोटरीले दिएको योगदान सदैव स्मरणीय रहेको भन्दै राष्ट्रपति पौडेलले भने, ‘यो मात्र होइन पोलियो उन्मूलन, भविष्यका नेतृत्वकर्ता निर्माण गर्न प्रतिभाशाली युवाहरूलाई प्रत्येक वर्ष पूर्ण छात्रवृत्ति प्रदानसहित नेपाल र भुटानमा रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा समुदाय विकासका क्षेत्रमा दिएको योगदान उदाहरणीय छ ।’

कार्यक्रममा १४ जना पूर्वडिस्ट्रिक गभर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो ।
 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ०५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था