नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा « Khabarhub

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरोको जोखिमलाई मध्यनजर गर्दै उपकरण अपरेटरसहित तयारी अवस्थामा राखेको जनाएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्का बेला पहिरो खस्ने जोखिम भएका स्थानमा सडक अवरुद्ध हुन सक्ने भएकाले तत्काल सञ्चालनमा ल्याउन आवश्यक उपकरण व्यवस्थापन गरिएको हो।

उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर तथा सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहोलोडर तयारी अवस्थामा राखिएको छ। त्यसैगरी सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहोलोडर र कालीगण्डकी करिडोरमा एक लोडर पनि तयारी अवस्थामा छन्।

पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल हटाएर सवारी आवागमनलाई नियमित र सहज बनाउन उपकरण अपरेटरसहितको टोली चौबीसै घण्टा तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ।

काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गका रूपमा रहेको नारायणगढ–मुग्लिन सडक वर्षायाममा लेदोसहितको पहिरो र हिउँदमा सुक्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुने गर्दछ। यस सडकबाट दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ४४ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल