पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते « Khabarhub

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार आगलागी हुँदा कम्तीमा २० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागी पूर्वा मेदिनीपुर जिल्लामा रहेको प्लान्टको नेफ्था पाइपलाइनमा भएको हो। आगो तीव्र रूपमा फैलिएपछि नियन्त्रणका लागि १२ वटा दमकल परिचालन गरिएको थियो।

घटनामा घाइते भएका सबैलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये प्लान्टका कामदार र कम्तीमा दुई जना सुरक्षा गार्ड रहेका छन्।

घटनास्थलबाट सार्वजनिक भएका दृश्यमा पाइपलाइनबाट बाक्लो कालो धुवाँ निस्किएको र अग्निनियन्त्रकहरूले पानीको फोहोरा प्रयोग गरेर आगो नियन्त्रणमा लिइरहेको देखिएको छ।

नेफ्था इन्धन तथा विभिन्न रासायनिक पदार्थ उत्पादनमा प्रयोग हुने अत्यधिक ज्वलनशील पेट्रोलियम पदार्थ हो।

आगलागीको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। हल्दिया पेट्रोकेमिकल्सले घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : ०२ बजे

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण