युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित « Khabarhub

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका कारण मङ्गलबार ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमबाट ९ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।

एएफपीले जर्मनीको राष्ट्रिय मौसम सेवा ‘ड्यूचर वेटरडिएन्स्ट’को मौसम पूर्वानुमान र संयुक्त अनुसन्धान केन्द्रको जनघनत्वसम्बन्धी तथ्याङ्कका आधारमा गरेको विश्लेषणअनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेका थिए। मङ्गलबार प्रभावित जनसङ्ख्या केही घट्ने अनुमान गरिए पनि युरोप (टर्कीबाहेक)का करिब पाँचमध्ये दुई जनाले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्ने अपेक्षा गरिएको छ।

ग्रीष्मयामको सुरुआतमै यति उच्च तापक्रम देखिनु असामान्य मानिएको छ। गर्मीका कारण विभिन्न स्थानमा अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको जनाइएको छ।

‘वल्र्ड वेदर अट्रिब्युसन ग्रुप’का वैज्ञानिकहरूले जलवायु परिवर्तन नभएको भए जुन महिनामै यति तीव्र गर्मीको लहर आउनु ‘लगभग असम्भव’ हुने बताएका छन्।

आजको गर्मीको लहरबाट विशेषगरी युरोपका पूर्वी र दक्षिणी क्षेत्र बढी प्रभावित हुने अनुमान गरिएको छ। हङ्गेरीमा लगभग सम्पूर्ण जनसङ्ख्याले ३५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रमको सामना गर्ने प्रक्षेपण गरिएको छ।

स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया र क्रोएसियामा पनि तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ। त्यस्तै स्पेन र इटालीमा पनि लाखौँ मानिस उच्च तापक्रमबाट प्रभावित हुने अपेक्षा गरिएको छ।

एएफपीका अनुसार विश्लेषणमा दिउँसो ३० देखि ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुग्ने पूर्वानुमान भएका क्षेत्रका बासिन्दालाई प्रभावित जनसङ्ख्यामा समावेश गरिएको हो।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : २८ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा