झापामा मकै उत्पादनमा ह्रास « Khabarhub

झापामा मकै उत्पादनमा ह्रास


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । 
 
केन्द्रको तथ्याङकअनुसार विगत तीन वर्षको तुलनामा मकैखेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो । जिल्लामा गत वर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो । 

चालु आव २०८२-८३ दुई लाख ८३ हजार १८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । उनले जिल्लामा ४६ हजार १२५ हेक्टर जमिनमा किसानले मकैखेती लगाएको जानकारी दिए ।
 
उनले गत फागुनको अन्तिम साता र चैतको पहिलो साता आएको हुरीबताससहितको असिनापानीले ठूलो क्षति गर्दा मकैको उत्पादन घटेको बताए। 

‘बाह्रदशी, झापा र गौरादहतिरका किसान ठूलो मारमा परेका छन्’, उनले भने, ‘कुल क्षेत्रफलको करिब नौ हजार हेक्टर जमिनको मकै असिनापानी र हुरीले सखाप पार्दा डेढ अर्बको क्षति भयो ।’

झापामा मकैको प्रतिहेक्टर उत्पादकत्वमा भने वर्षैँपिच्छे सामान्य वृद्धि भइरहेको सुखद तथ्यांक छ । आव २०८०-८१ मा प्रतिहेक्टर ७.८७ मेट्रिक टन उत्पादकत्व रहेकामा आव २०८१-८२ मा बढेर ७.८८ र आव २०८२-८३ मा ७.८ मेट्रिक टन पुगेको छ । यसले जिल्लामा आधुनिक कृषि प्रविधि वा उन्नत बीउको प्रयोगका कारण माटोको उत्पादक क्षमता राम्रो रहेको संकेत गर्छ ।

उत्पादकत्व बढे पनि मकैको कुल उत्पादन र उत्पादनशील क्षेत्रफलमा भने पछिल्लो वर्ष अनपेक्षित गिरावट आएको छ । आव २०८०-८१ मा ४४ हजार ३५ हेक्टर क्षेत्रफलमा मकैखेती भई तीन लाख चार हजार ३५ मेट्रिक टन उत्पादन भएको थियो । 

आव २०८१-८२ मा क्षेत्रफल सामान्य बढेर ४४ हजार ६२ हेक्टर पुग्दा कुल उत्पादन पनि बढेर तीन लाख ५१ हजार ४२६ मेट्रिक टन पुगेको थियो । तर आव २०८२-८३ मा मकैको कुल क्षेत्रफल ४६ हजार १२५ हेक्टर रहे पनि वास्तविक उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८९२ हेक्टरमा सीमित हुन पुग्यो ।
 
उनले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्घीय र प्रदेशको कृषि मन्त्रालयमा क्षतिपूर्तिका लागि आवश्यक सामग्री पठाइसकिए पनि बजेट भने हालसम्म नआएको बताए।
 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ६ : ४२ बजे

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने