सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे « Khabarhub

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल उपलब्धिमूलक नभई प्रचारमुखी र स्टन्टबाजीमा केन्द्रित रहेको आरोप लगाएका छन् । खबरहबसँगको कुराकानीमा उनले बहुमतको सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न नसकेको दाबी गरे ।

‘प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ । संघीय लोकतान्त्रिक प्रणालीमा संसदले नै प्रधानमन्त्री बनाउँछ र हटाउँछ पनि,’ उनले भने । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाह संसदमा उपस्थित नहुने गरेकोमा पनि उनले असन्तुष्टि जनाए । यसका साथै राष्ट्रपति रामचन्द्र पौडेलले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा बीचमै प्रधानमन्त्री हिँडेको भन्दै आपत्ति जनाए ।

‘उहाँले संसद छलेर जनताको बहुमतको अपमान गर्ने काम गर्नुभएको छ । सरकारका निर्णयले गरिखाने वर्गलाई अझ पोलेको देखिन्छ । यसमा कांग्रेसको आपत्ति छ,’ उनले भने । यस्तै, सरकारका जनहित विरुद्धका निर्णयमा कांग्रेसले सदनदेखि सार्वजनिक फोरमहरुमा आवाज उठाएको महामन्त्री घिमिरेले दाबी गरे ।

‘सरकारले गलत निर्णय गर्दा कतै कांग्रेसका संसदीय दलका नेताले उठाउनुभएको छ । कतै प्रमुख सचेतक, सचेतक, कतै सांसदहरुले उठाउनुभएको छ,’ उनले थपे, ‘पार्टी बाहिरका फोरममा सभापति स्वयं पनि बोलनुभएको छ । पदाधिकारी साथीहरु बोल्नुभएको छ । हामी बोलेका छौँ,’ महामन्त्री घिमिरेले भने ।

सरकारको सुरुवाती तीन महनिाको निर्णय स्टन्टबाजी र प्रोपागाण्डा उन्मुख रहेको भन्दै महामन्त्री घिमिरे भन्छन्, ‘बहुमत सरकारले देश विकास गरोस् भन्ने चाहना कांग्रेसको समेत छ । तर, सरकार र मन्त्रीहरूको काम जनताको दैनिक जीवन सहज बनाउनेभन्दा स्टन्टबाजीमा केन्द्रित देखिन्छ ।’

त्यसैले सरकारको कामबाट जनतामा उत्साह नरहेको उनको भनाइ छ। घिमिरेले सरकार लोकतन्त्र र राष्ट्रिय सार्वभौमसत्तामाथि नै लापरवाही ढंगले अघि बढिरहेको आशंका समेत व्यक्त गरे । सीमाना, संविधान, स्थानीय तहलाई दलविहीन बनाउने प्रयास तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणाजस्ता विषयमा सरकार अलोकतान्त्रिक दिशातर्फ उन्मुख भएको उनको आरोप छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ७ : ०६ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा