काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८४ ‘क’’ जारी गर्दै बोलकबोल आह्वान गरेको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको हो।
सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्।
बोलकबोल गर्दा सहभागी संस्थाले आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ३५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिनेछ। कबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था रहेको छ।












प्रतिक्रिया