राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान « Khabarhub

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८४ ‘क’’ जारी गर्दै बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको हो।

सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्।

बोलकबोल गर्दा सहभागी संस्थाले आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ३५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिनेछ। कबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ७ : ०३ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ