विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर « Khabarhub

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर प्रतिस्थापनलाई सहज बनाउन ५० हजार वटा विद्युत् मिटर प्राप्त भइसकेको जनाएको छ । प्राधिकरणका अनुसार, प्राप्त सबै मिटर देशका सातै प्रदेशमा पठाइसकिएको छ ।

नयाँ विद्युत् मिटर आवश्यक पर्ने सेवाग्राहीलाई आफू नजिकको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न अनुरोध गरेको छ ।

लामो समयदेखि विभिन्न स्थानमा नयाँ मिटरको अभावका कारण विद्युत् जडान तथा मिटर प्रतिस्थापनमा ढिलाइ भइरहेको थियो । ठूलो संख्यामा मिटर उपलब्ध भएसँगै सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले सेवाग्राहीलाई तोकिएको प्रक्रिया पूरा गरी समयमै निवेदन दर्ता गर्न आग्रह गरेको छ । नयाँ मिटर जडानको कार्य सम्बन्धित कार्यालयमार्फत क्रमशः अघि बढाइने जनाएको छ ।

प्राधिकरणले सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ । विद्युत् सेवा थप गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक पहल निरन्तर जारी रहने जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ८ : ५५ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको