ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी « Khabarhub

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा बिहीबार झरेको हिमपहिरोपछि बेपत्ता भएका नेपालीसहित विभिन्न देशका पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

पछिल्लो विवरणअनुसार घटनास्थलबाट चार जनाको शव फेला परेको छ। यद्यपि, ती शव कसका हुन् भन्ने राष्ट्रियता अहिलेसम्म पुष्टि नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेस पौडेल (खडक राज) ले शुक्रबार सामाजिक सञ्जालमार्फत् दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे आफू नियमित रूपमा जानकारी लिइरहेको बताएका छन्। उनले हालसम्म चार शव फेला परे पनि उनीहरूको राष्ट्रियता पुष्टि हुन बाँकी रहेको जानकारी दिएका छन्।

यसका साथै हेलिकोप्टरसहितका उद्धार टोलीले प्रतिकूल हिमाली परिस्थितिका बीच खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गरेका छन्।

मन्त्री पौडेलले पाकिस्तान सरकारसँग नियमित सम्पर्कमा रही घटनाको अद्यावधिक जानकारी लिइरहेको जनाउँदै बेपत्ता सबै आरोही सकुशल फर्किने आशा व्यक्त गरेका छन्।

पर्यटन विभागका अनुसार हिमपहिरोमा परी विश्वविख्यात नेपाली आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता भएको जनाएको छ। उसले शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल र समन्वय गर्न सबै सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

विभागका अनुसार बेपत्ता भएका नेपाली आरोहीहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको छ।

विभागले सार्वजनिक गरेको सूचीअनुसार बेपत्ता हुने नेपाली आरोहीहरूमा पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ रहेका छन्।

ब्रोड पिकमा बिहीबार आएको हिमपहिरोपछि नेपाली, पाकिस्तानी, अमेरिकी, चिनियाँ, ओमानी तथा अन्य विदेशी आरोहीसहितको टोलीसँग सम्पर्क विच्छेद भएको थियो। त्यसयता पाकिस्तान सेना, उद्धार टोली तथा सम्बन्धित निकायले हवाई र स्थलमार्फत खोजी अभियान सञ्चालन गरिरहेका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ४१ बजे

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै