अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार  लगायतका मध्यस्थकर्ताहरूलाई यस सम्झौतामा पुग्नको लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका गरेका छन् ।

 सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणमा सहमती जनाउदै ऐतिहासिक सम्झौतामा पुगेको बताएका छन् । 

उनले यस सम्झौतालाई स्थायी शान्ति र सुरक्षाको मार्गमा एउटा महत्वपूर्ण कदम भएको बताएका छन् । उनका अनुसार सम्झौता सावधानीपूर्वक संरचित चरणहरू मार्फत कार्यान्वयन गरिनेछ; भने निशस्त्रीकरण पूरा भए पछि, इजरायली सेनाहरू फिर्ता हुनेछन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कतार प्रति कृतज्ञता व्यक्त गर्दै मध्यस्थकर्ता इजिप्ट, कतार र टर्कीलाई उनीहरूको महत्त्वपूर्ण प्रयासका लागि धन्यवाद दिदै ऐतिहासिक सफलता सम्भव बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गरेका छन् । 

ट्रम्पले यो सम्झौतालाई युद्धको अन्त्य गर्न ट्रम्पको २०– बुधे योजनाको कार्यान्वयनमा एक प्रमुख ऐतिहासिक उपलब्धिको रुपमा वर्णन गर्दै गाजाको जिम्मेवारी लिन अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने घोषणा गरेका छन् । 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  २ : ११ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ