हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ « Khabarhub

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनाव रोक्न दुई धार्मिक समुदायका अगुवाले अपिल गरेका छन्। अहिले देखिएको अवस्थाप्रति चिन्ता गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले शान्ति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल गरेका हुन्।

संयुक्त अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा-ए-नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजुराज कुँयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीको हस्ताक्षर छ।

अपिलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकता देशको पहिचान र बल भएको उल्लेख गरिएको छ।

कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुनेमा उनीहरूले जोड दिएका छन्।

देवानगञ्ज तथा त्यसपछिका घटनाको सत्यतथ्य छानबिन गरी कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउन सरकारसँग उनीहरूले माग गरेका छन्। पीडित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि उनीहरूले साझा रुपमा आग्रह गरेका छन्।

विज्ञप्तिमा केही स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक गतिविधि विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै सम्पूर्ण नागरिकलाई संयम अपनाउन तथा उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन अपिल गरिएको छ।

सबै धर्मको मूल भावना मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचाराको प्रवर्द्धन रहेको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्म मान्ने व्यक्तिमाथि विभेद वा घृणा गर्न नहुने तथ्यलाई आत्मसात गर्नुपर्ने उनीहरूको भनाइ छ।

धार्मिक अगुवाहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन आग्रह गरेका छन्।

उनीहरूले सम्पूर्ण नेपालीलाई शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारका हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न समेत आह्वान गरेका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  २ : १७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा