साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ « Khabarhub

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न पाँच जिल्लाबाट हालसम्म ३६ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ एक विवरण सार्वजनिक गर्दै सबैभन्दा धेरै धनुषाबाट १८ जना पक्राउ परेको जानकारी दिएको छ।

प्रहरीका अनुसार सिरहाबाट ५ जना, सर्लाहीबाट ८ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जनालाई पक्राउ गरिएको छ।

पछिल्ला दिनहरूमा तराई–मधेसका विभिन्न जिल्लामा साम्प्रदायिक तथा सामाजिक सद्भावमा असर पर्ने घटनापछि प्रहरीले सामाजिक शान्ति, सुरक्षा र सद्भाव कायम गर्न सुरक्षा निगरानी तथा कानुनी कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

प्रहरीले सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा कानुनको पालना गर्न सबै नागरिकसँग आग्रह गर्दै ‘विविधतामा एकता, हाम्रो पहिचान’ भन्ने सन्देशसमेत दिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ६ : ५४ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा