आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए « Khabarhub

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई भेट्न आउने चर्चा भए पनि गृहमन्त्री सुधन गुरुङ शुक्रबार रातिसम्म मृतकको घर नपुगेपछि स्थानीयमा असन्तुष्टि चुलिएको छ ।

दिउँसोदेखि नै गृहमन्त्री गुरुङ औरही गाउँपालिका–२ तुलसियाहीस्थित मृतक यादवको घर पुग्ने चर्चा चलेको थियो । उनी लहानस्थित एक होटलमा पुगेपछि केही समयमै मृतकको घर जाने तयारी भइरहेको बताइए पनि राति अबेरसम्म उनी होटलमै रहेका छन् । स्रोतका अनुसार उनी साढे तीन घण्टाभन्दा बढी समयदेखि होटलमै छन्।

यता, मृतकका आफन्तले भने प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत गृहमन्त्रीलाई तत्काल घर नआउन सन्देश पठाएपछि उनको भ्रमण अन्योलमा परेको बताइएको छ । पीडित परिवारले आफ्ना मागबारे सरकारको स्पष्ट र लिखित प्रतिबद्धता आएपछि मात्रै गृहमन्त्रीसँग भेट्ने अडान राखेको जनाइएको छ।

यसअघि शुक्रबार दिउँसो करिब २ बजे गृहमन्त्री गुरुङ मृतकको घरमै पुगेर परिवारसँग भेट्ने जानकारी पाएपछि परिवार, आफन्त तथा स्थानीय बासिन्दा उनको प्रतीक्षामा बसेका थिए । तर करिब आठ घण्टासम्म प्रतीक्षा गर्दा पनि उनी नआएपछि परिवार र स्थानीय आक्रोशित बनेका छन् ।

तस्बिर : शम्भु यादव

गृहमन्त्रीको सम्भावित भ्रमणलाई लक्षित गर्दै मृतकको घर वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था कडा पारिएको थियो। स्थानीय बासिन्दासमेत ठूलो सङ्ख्यामा घटनास्थलमा भेला भएका थिए।

औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोधी यादवका अनुसार ठूलो सङ्ख्यामा युवाहरू गृहमन्त्रीको आगमनको विरोध गर्न मृतकको घरमा जम्मा भएका थिए। उनका अनुसार पीडित परिवारले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र अन्य मागबारे प्रमुख जिल्ला अधिकारीमार्फत लिखित प्रतिबद्धता प्राप्त भएपछि मात्रै गृहमन्त्रीसँग भेट्ने अडान राखेको थियो।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ०२ बजे

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग