त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी « Khabarhub

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि राति पनि काम गरिएको छ ।

उद्धार टोलीले सुरुङसम्म पुग्ने बाटो खोल्दै बाक्लो कंक्रिट स्ल्याब फुटाएर सुरुङभित्र प्रवेश गर्ने तयारी अघि बढाएको छ। आयोजनाको पछिल्लो अपडेटअनुसार सुरुङको करिब ४०० मिलिमिटर बाक्लो ‘क्राउन स्ल्याब’ फुटाउन ब्लास्टिङ गरिएको छ।

यसअघि डीटीएच मेसिन प्रयोग गरेर केबल टनेलसम्म प्वाल पूर्ण रूपमा छेडिएको र त्यसबाट भित्रको अवस्था निरीक्षण गरिएको बताइएको छ।

प्वालबाट सुरुङभित्र कम्प्रेसरमार्फत हावा र अक्सिजन पठाइएको तथा प्रकाशको व्यवस्था गरिएको छ । उद्धारमा संलग्न टोलीले यसबाट सुरुङभित्र रहेका व्यक्तिले हावा पाउन सक्ने र उनीहरू सुरक्षित रहेको आशा गरिएको जनाएको छ।

आइतबार उद्धार टोली टनेल पोर्टसम्म पुगिसकेको थियो। पोर्टको मुखमा जम्मा भएको माटो, लेदो तथा अन्य अवरोध हटाउने काम भइरहेको छ। पोर्ट सफा भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी गरिएको छ।

उद्धारकर्मीले सुरुङभित्र प्रवेश गरेपछि त्यहाँको वास्तविक अवस्था प्रत्यक्ष निरीक्षण गर्नेछन्। उनीहरूसँग क्यामरा पनि पठाउने तयारी गरिएको छ, जसबाट सुरुङभित्रको अवस्था बाहिरबाट समेत निगरानी गर्न सकिनेछ।

उद्धार टोलीका अनुसार पोर्टबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुग्न सकेपछि सुरुङभित्र फसेका व्यक्तिहरूको वास्तविक स्थान, अवस्था र सुरक्षाबारे थप स्पष्ट जानकारी प्राप्त हुनेछ।

भारतीय टोली पनि उद्धारमा सक्रिय
भारतबाट आएको टनेल उद्धार विशेषज्ञ टोलीले नेपाली सेनाको टोलीसँग समन्वय गरी चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको छ।

भारतीय टोलीले नेपाली सेनासँग समन्वयमा आगामी दिनमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ।

रसुवामा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा फसेका करिब ५ सय व्यक्तिको ५ दिन बितिसक्दा पनि उद्धार हुन सकेको छैन ।

प्रतिकूल मौसम, लेदो र क्षतिग्रस्त संरचनाका कारण उद्धारमा कठिनाइ भए पनि नेपाली सेना तथा प्राविधिक टोलीले रातदिन काम गरिरहेको सरकारले जनाएको छ। सुरूङमा थुनिएका मजदुर र इन्जिनियरका परिवारले दबाब बढाउँदै लगेका छन्।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ६ : ३९ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व