काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएको जनाइएको छ ।
आयोजनामा कार्यरत बाढीबाट भागेर ज्यान बचाउन सफल कर्मचारीहरूका अनुसार क्याम्प क्षेत्रका घर बाढीले बगाएको नभई ठूलो मात्रामा आएको लेदोले पुरिएका हुन् । पुरिएको घरभित्र आयोजनाका वरिष्ठ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्य र साना बालबालिका समेत रहेको बताइएको छ।
सम्पर्कविहीनमध्ये आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी २२ जना, कर्मचारीका परिवारका ७ जना, परामर्शदाता चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका ११ जना र काठमाडौँ विश्वविद्यालयबाट प्रयोगात्मक अभ्यासका लागि गएका ३ जना विद्यार्थी रहेका छन्।
सम्पर्कविहीन हुनेमा आयोजनाका प्रमुख इन्दिबर घिमिरे, उपप्रबन्धक प्रकाशनिधि तिवारी, सहायक प्रबन्धक राजेश शर्मा, इन्जिनियरहरू सोमनाथ पौडेल, प्रमिला पाठक र दिपेश श्रेष्ठलगायत छन्।
परामर्शदाता कम्पनीतर्फ वरिष्ठ टोली नेता कमलबहादुर पाण्डे, ठेक्का इन्जिनियर मनोज केसी, वरिष्ठ भूगर्भविद् सुमेस अमात्य, वरिष्ठ निर्माण इन्जिनियर निरज श्रेष्ठलगायत सम्पर्कविहीन रहेको जनाइएको छ।
त्यस्तै, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आयोजनामा पुगेका सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी सृष्टि बास्तोला, समीर पौडेल र शिशिर गिरी पनि सम्पर्कविहीनको सूचीमा छन्।
सबैभन्दा चिन्ताजनक अवस्था कर्मचारीका परिवारका साना बालबालिकाको रहेको छ । सम्पर्कविहीन परिवारका सदस्यमा ३ वर्ष ६ महिनाका आदित्य पौडेल शर्मा र आदिश्री पौडेल शर्मा, २ वर्ष ६ महिनाका शिवांश पौडेल र त्रिशा पौडेल तथा २ वर्षका कियान्शा अधिकारी पनि छन्।
बाढीपछि पुरिएको संरचनाभित्र मानिसहरू जीवितै रहेको सम्भावना रहेको भन्दै तत्काल आधुनिक उद्धार तथा उत्खनन उपकरण परिचालन गर्न माग गरिएको छ। घटनास्थलमा ढिलाइ हुँदा जीवित उद्धारको सम्भावना प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय तथा आयोजनासँग समन्वय गरी तीव्र उद्धार अभियान सञ्चालन गर्न आग्रह गरिएको छ।
उद्धारका लागि भारी उपकरण, माटो तथा लेदो हटाउने मेसिन, खोज तथा उद्धार प्रविधि र आवश्यक प्राविधिक जनशक्ति तत्काल घटनास्थलमा पुर्याउनुपर्ने माग गरिएको छ।
सम्पर्कविहीन ४३ जनाको विवरण
आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी (२२ जना)
१) इन्दिबर घिमिरे, आयोजना प्रमुख
२) प्रकाशनिधि तिवारी, उपप्रबन्धक
३) राजेश शर्मा, सहायक प्रबन्धक
४) सोमनाथ पौडेल, इन्जिनियर
५) प्रमिला पाठक, इन्जिनियर
६) दिपेश श्रेष्ठ, इन्जिनियर
७) शंकर प्याकुरेल, वातावरणविद्
८) महेश्वर रिजाल, सहायक प्रशासन अधिकृत
९) रमला गुरुङ, प्रशासन सहायक
१०) ईश्वरप्रसाद भट्ट, प्रशासन सहायक
११) पुष्पराज भट्टराई, सहयोगी
१२) भगवानदिन चौधरी, सहयोगी
१३) जितबहादुर चौधरी, चालक
१४) रामकुमार थारु, चालक
१५) समुन्द्र आचार्य, चालक
१६) रामशरण वाइबा, सहयोगी
१७) कृष्णकुमार खड्का, चालक
१८) विमला गुरुङ, कार्यालय सहायक
१९) शकुन्तला गुरुङ, कार्यालय सहायक
२०) चरीमाया गुरुङ, कार्यालय सहायक
२१) प्रजिना तामाङ, कार्यालय सहायक
२२) जयबहादुर गुरुङ, सुरक्षा गार्ड
कर्मचारीका परिवारका सदस्य (७ जना)
२३) आदित्य पौडेल शर्मा, ३।५ वर्ष
२४) आदिश्री पौडेल शर्मा, ३।५ वर्ष
२५) शिवांश पौडेल, २।५ वर्ष
२६) त्रिशा पौडेल, २।५ वर्ष
२७) कियान्शा अधिकारी, २ वर्ष
२८) गीता अधिकारी, ५० वर्ष
२९) तारा उपाध्याय, ३३ वर्ष
चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका कर्मचारी (११ जना)
३०) कमलबहादुर पाण्डे, वरिष्ठ टोली नेता
३१) मनोज केसी, ठेक्का इन्जिनियर
३२) सुमेस अमात्य, वरिष्ठ भूगर्भविद्
३३) निरज श्रेष्ठ, वरिष्ठ निर्माण इन्जिनियर
३४) मोनी दाहाल, प्रशासन तथा लेखा अधिकृत
३५) रविन्द्रकुमार यादव, वरिष्ठ विद्युतीय इन्जिनियर
३६) प्रबिन अमात्य, सिभिल इन्जिनियर
३७) प्रतिक भट्ट, ठेक्का तथा योजना इन्जिनियर
३८) हेमन्तराज जोशी, सिभिल इन्जिनियर
३९) महेश नेपाली, चालक
४०) खिलबहादुर बुढाथोकीरपुनम न्यौपाने, भान्से टोली
काठमाडौँ विश्वविद्यालयका इन्टर्न विद्यार्थी (३ जना)
४१) सृष्टि बास्तोला, सिभिल इन्जिनियरिङ चौथो वर्ष
४२) समीर पौडेल, सिभिल इन्जिनियरिङ चौथो वर्ष
४३) शिशिर गिरी, सिभिल इन्जिनियरिङ चौथो वर्ष












प्रतिक्रिया