बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्राधिकरणको अपिल « Khabarhub

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्राधिकरणको अपिल


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर विशेष अपिल जारी गरेको छ । 

बाढीको प्रत्यक्ष असर नपरेका, न्यून प्रभावित भएका तथा सुरक्षित उच्च स्थानमा रहेका नागरिकहरूबाट समेत हेलिकोप्टर उद्धारको माग भइरहेकोप्रति ध्यानाकर्षण गराएको हो ।

सीमित साधन र स्रोतको विषम परिस्थितिमा अत्यन्तै आवश्यक खोज, उद्धार र राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टर परिचालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले सुरक्षित स्थानमा रहेका नागरिकहरूलाई अनावश्यक रूपमा हवाई उद्धारको माग नगर्न प्राधिकरणले अनुरोध गरेको छ । 

वैकल्पिक सडक मार्गहरू क्रमशः सुचारु हुँदै गएकाले तत्काल हवाई उद्धार आवश्यक नभएकाहरूलाई वैकल्पिक सडक मार्ग प्रयोग गरी यात्रा गर्न प्राधिकरणले विशेष जोड दिएको छ ।

यातायात आवागमनलाई सहज बनाउन हाल विभिन्न जिल्लाहरूमा वैकल्पिक सडक मार्गहरू सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । 

जसअन्तर्गत धादिङ जिल्लालाई पृथ्वी राजमार्गसँग जोड्नका लागि धादिङबेसी–परेवाटार–नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार र केउरिनीटार हुँदै मासिटार (ह्याम्लेट रेष्टुरेन्ट) सम्मको वैकल्पिक सडक मार्ग सुचारु रहेको छ । 

त्यसैगरी रसुवा जिल्ला जोड्नका लागि विदुर–ढिकुरे–चौघडा–आँप्र–नर्जा–लघ्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग रसुवा)–कालिकास्थान–धुन्चे जाने बाटो चार चक्के साना सवारी साधनहरू चल्न सक्ने गरी सुचारु गरिएको जनाइएको छ ।

प्राधिकरणले विनाशकारी बाढीबाट सबैभन्दा बढी प्रभावित भएका स्थानीय तह र वडाहरूको विवरण दिँदै प्राधिकरणले ती क्षेत्रमा सजगता अपनाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को यस विषम घडीमा सीमित साधन स्रोतलाई अत्यावश्यक कार्यमा मात्र प्रयोग गर्न र वातावरण सहज बनाउन सम्बद्ध सबै पक्षसँग अपिल गरेको छ ।

बाढीलगत्तै सुरु गरिएको आपत्कालीन खोज तथा उद्धार कार्यअन्तर्गत हालसम्म २५२ जना विदेशी र ३ हजार ३ सय ४४ जना नेपाली नागरिक गरी कुल ३ हजार ५ सय ९६ जनाको हवाई उद्धार कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १२ : ०४ बजे

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू

न्यूयोर्क– आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम