पार्टीविरोधी गतिविधि गरेको आरोपमा चलाउने सबै जिम्मेवारीबाट मुक्त « Khabarhub

पार्टीविरोधी गतिविधि गरेको आरोपमा चलाउने सबै जिम्मेवारीबाट मुक्त


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दीपक’ लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ।

पार्टीले आइतबार जारी गरेको प्रेस वक्तव्यमा चलाउनेले पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको, पार्टीभित्र गुटबन्दी तथा विभाजनको प्रयास गरेको र षड्यन्त्रपूर्ण गतिविधिमा मुख्य भूमिका खेलेको आरोप लगाइएको छ।

पार्टीका अनुसार यसअघि पनि केही नेताकार्यकर्ताले गैरजिम्मेवार ढंगले पार्टीविरोधी गतिविधि गर्दै आएको भन्दै उनीहरूलाई पटक–पटक छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनाको अवसर दिइएको थियो।

तर, चेतावनी तथा छलफलका बाबजुद पार्टीलाई फरक दिशातर्फ लैजाने, गुटबन्दी गर्ने र विभाजनकारी गतिविधि अघि बढाइएको पार्टीको दाबी छ।

पछिल्लो समय देश बाढी तथा विपद्को चपेटामा परेपछि पार्टीले राष्ट्रिय सम्मेलन स्थगित गरी प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न नेता–कार्यकर्तालाई अपिल गरेको थियो।

तर, उक्त अपिल र पार्टीको सर्कुलरविपरीत पार्टी कार्यालयलाई जानकारी नदिई बैठकका लागि परिपत्र जारी गरिएको वक्तव्यमा उल्लेख छ।

पार्टीले चलाउनेले पार्टीको नीति र विधिविपरीत गुटबन्दी तथा षड्यन्त्रपूर्ण गतिविधि सञ्चालन गर्न मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको जनाएको छ।

सोही आधारमा पार्टी विधानको भाग ५, धारा २७ बमोजिम अध्यक्ष मण्डलका सदस्य चलाउने ‘दीपक’लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको पार्टीले जनाएको छ।

पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूलाई अर्थवादी, षड्यन्त्रकारी, गुटवादी, विभाजनकारी, अवसरवादी तथा अराजकतावादी गतिविधिको भ्रममा नपर्नसमेत अपिल गरेको छ।

१५ भदौ २०८३ मा जारी वक्तव्यमा पार्टी अध्यक्ष कञ्चनले पार्टीका निर्णयप्रति सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार र अनुशासित भएर अघि बढ्न आग्रह गरेका छन्।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १ : १६ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले