बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष « Khabarhub

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाए



चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृह जिल्ला जाने तयारीमा थिए । 

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोष्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन् ।

बाढीमा परेर शव भेटिएको पाँच दिनपछि सोमबार चितवन र तनहुँको संगम देवघाटमा उनको अन्त्येष्टि गरिएको छ । शव बिग्रने अवस्था भएको र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए ।  

काका रमेशका अनुसार रसुवा पोष्टिङ भएपछि आयुषले अधिकृतमा नाम निकालेर सरकारी जागिर प्रवेश गर्ने सोच बनाएका थिए । 

तर, परिवारले नाम निस्किएकाले काम गर्दै पढ्न सुझाव दिएपछि उनी रसुवा पुगे । ‘पढ्नमा साह्रै रुचि राख्थ्यो । खरिदार हुँदिनँ । म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ रमेशले सुनाए, ‘रसुवाको पोष्टिङमा खासै रुचि देखाएको थिएन । तर, परिवारमा कुरा भएपछि जान बाध्य भयो ।’

बागचौर नगरपालिका– १० पिपलनेटाका आयुष, खड्का परिवारकै जेठो छोरा हुन् । उनी भदौ १२ मा काठमाडौँ आउने र त्यसपछि परीक्षा दिन भदौ १६ मा घर जाने योजनामा थिए । दुर्भाग्य, घर जाने तयारी गरिरहँदा भदौ १० को बिहान उनी बाढीमा परे ।आयुषको परिवारमा बुवा, आमा र बहिनी छन् । 

आयुष बाढीमा परेको खबरपछि आमा मुना बेहोस भएकी थिइन् । आयुषको अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्छित भएका थिए । अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरूलाई सम्हालेका थिए ।
 
तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १ : २५ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री