सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि ४१ लाख ११ हजार १११ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको जानकारी दिए ।
उपमहानगरपालिकाले विपद्को यस कठिन घडीमा बाढीपीडितका लागि राहत तथा पुनःस्थापनाका काममा ऐक्यबद्धता जनाउँदै सबैलाई सहयोग अपिलसमेत गरेको छ ।












प्रतिक्रिया