रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन् « Khabarhub

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सोमबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल वालेन्द्रको सचिवालयले जनाएको छ।

भेटका क्रममा बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका साथै क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका विषयमा पनि छलफल भएको छ।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी रविलाई दिएका छन् ।

भेटमा उनीहरूबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको हो ।

​भेटका क्रममा रविले प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा बालेनसँग प्रश्न गरेका थिए ।

उता बालेनले नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जवाफ दिएका हुन्।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ३ : ५२ बजे

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको

बाढीबाट प्रभावित क्षेत्रमा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालन

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ

‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु

विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने 

काठमाडौं– विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन

घरघरमा शव लैजानु भन्ने रास्वपा नेतृलाई एलआईसीले दिएको थियो अवार्ड

काठमाडौं- गत बुधबार आएको बाढीपछि ज्यान गुमाएकाहरुको शव वालेन्द्र शाह