बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग  « Khabarhub

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग 


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।

अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरिएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको छ।

यसअघि भारत, चीन, अमेरिका, फ्रान्स, यूएई र दक्षिण कोरियाबाट उद्धार तथा राहत सामग्री नेपाल आइपुगेका छन्। भारतको विशेष उद्धार टोली प्रभावित क्षेत्रमा खटिएको छ भने कोरियाली टोली पनि घटनास्थलमा परिचालित छ।

अब उद्धारसँगै बाढीले क्षति पुर्‍याएका घर, सडक, पुल र जलविद्युत् आयोजनाको पुनःस्थापनामा पनि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने सरकारले जनाएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ४ : २० बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण