रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने « Khabarhub

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ । 

स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै सञ्चालन गरी रसुवाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने उद्देश्यले आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ ।

साञ्जेन जलविद्युत् गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्न उपकरणको पासवर्ड रिसेट (पासवर्ड पुनः कायम गर्ने प्रक्रिया) गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जानकारी दिएको हो ।

सचिवालयका अनुसार आवश्यक प्राविधिक सहयोग उपलब्ध भएमा आज साँझसम्म रसुवाको धुञ्चेलगायत क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

बाढीबाट प्रभावित तथा तत्काल विद्युत् प्रणालीमा जोड्न सम्भव नभएका अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जासहितका वैकल्पिक स्रोत परिचालन गरी विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत गरी नियमित आपूर्ति पुनःस्थापना गर्ने कामसँगै तत्कालको आवश्यकता सम्बोधन गर्न वैकल्पिक ऊर्जा स्रोतसमेत परिचालन गर्ने रणनीति अपनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ४ : २९ बजे

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

चीन, इरान र रूससहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा

किर्गिस्तान– चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि