जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री « Khabarhub

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई तत्काल प्रभावित पालिकाहरुमा पठाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । 

विनाशकारी बाढीपछिको पुनर्निर्माण, आधारभूत आवश्यकताको आपूर्तिलगायतका विषयमा सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा कार्यक्रममा मन्त्री वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई अनावश्यक प्रशासनिक प्रक्रियामा अल्झाएर समय खेर नफाली तत्काल पालिकाहरूमा पठाउन निर्देशन दिएका हुन् । 

उनले कुल १६ वटा प्रभावित पालिकामध्ये ४ वटालाई अति आवश्यकको प्राथमिकतामा राखेर तत्काल बजेट पठाउन मुख्य सचिवलाई निर्देशन दिए ।

जनताले विश्वास गरेर सरकारको कोषमा पठाएको रकमको पूर्ण सदुपयोग हुनुपर्ने उनको भनाइ छ । उनले पुनर्निर्माणका लागि २०७२ सालको जस्तै छुट्टै पुनर्निर्माण प्राधिकरण गठन गर्ने वा हाल रहेका निकायहरूबीच कार्यविभाजन गर्ने विषयमा छलफल गरी टुङ्गो लगाउने जानकारी दिए ।

कानुन मन्त्रालयसँग समन्वय गरी विद्यमान कानुनमा संशोधन वा नयाँ ऐनको आवश्यकता भए सोही अनुसार खाका तयार गरिने उनले बताए । 

त्यस्तै उनले ’विपद्पछिको आवश्यकता मूल्याङ्कन’ का आधारमा योजनाहरू सम्बोधन गरिने र जनताका वास्तविक आवश्यकतालाई तत्काल सम्बोधन गर्न सरकार लचिलो रहने धारणा राखे । 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ५ : ५३ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न