भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग « Khabarhub

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।  

सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा  सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए । 

विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए । 

साथै,  ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत  गरेको छ । 

यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ । 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ६ : ०६ बजे

जब रविसँग बालेनले भने : सुरुङमा फसेकाको उद्धार गर्न नसक्दा तनावमा छु

काठमाडौं- गत बुधबार भोटेकोशीमा आएको भीषण बाढीपछिको उद्धार प्रक्रियामा प्रश्न

जापानद्वारा ५५ अर्ब डलरको रक्षा बजेट प्रस्ताव, एआई विकासमा जोड

टोकियो- जापानको रक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८.९ ट्रिलियन येन

केरूङ बन्दरगाह नजिकै चीनले स्थापना गर्‍यो नयाँ ४जी-५जी बेस स्टेसन

तिब्बत- चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पहिरो प्रभावित

परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका विदेशमन्त्री दातो सेरी