भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु « Khabarhub

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डीएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ ।

नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डीएनए परीक्षणमार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ । पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ ।

नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ (डीएनए प्रतिरूपण) गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन् ।

प्रहरीका अनुसार ‘डीएनए प्रोफाइल’को तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचानसम्बन्धी विवरण, सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फरेन्सिक प्रयोगशालाबाट प्राप्त डीएनए परीक्षण प्रतिवेदन तथा डीएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता विवरण आवश्यक पर्नेछ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ६ : २१ बजे

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई