केरूङ बन्दरगाह नजिकै चीनले स्थापना गर्‍यो नयाँ ४जी-५जी बेस स्टेसन « Khabarhub

केरूङ बन्दरगाह नजिकै चीनले स्थापना गर्‍यो नयाँ ४जी-५जी बेस स्टेसन


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तिब्बत- चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पहिरो प्रभावित मुख्य उद्धारस्थल नजिकै नयाँ ४जी/५जी बेस स्टेसन सञ्चालनमा ल्याइएको छ।

सिन्ह्वाका अनुसार पहिरो प्रभावित ग्यिरोङ बन्दरगाहबाट करिब ९०० मिटरको दूरीमा निर्माण गरिएको नयाँ बेस स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो। यससँगै मुख्य उद्धार क्षेत्रमा सञ्चार संकेत थप स्थिर भएको छ।

पहिरोका कारण क्षतिग्रस्त अप्टिकल केबलको खोजी तथा मर्मतका लागि सञ्चार सहयोगी टोलीसमेत परिचालन गरिएको छ। टोलीले प्रभावित क्षेत्रमा पुगेर क्षतिग्रस्त अप्टिकल केबल पहिचान गर्ने तथा सञ्चार सेवा पुनःस्थापनाको काम गरिरहेको छ।

ग्यिरोङ बन्दरगाह क्षेत्रमा बुधबार आएको ठूलो पहिरोका कारण सडक, विद्युत् तथा सञ्चार संरचनामा क्षति पुगेको थियो। सञ्चार सेवा अवरुद्ध हुँदा खोज तथा उद्धार अभियानमा समेत कठिनाइ उत्पन्न भएको थियो।

नयाँ ४जी/५जी बेस स्टेसन सञ्चालनमा आएसँगै उद्धार तथा राहत कार्यमा खटिएका टोलीबीच सञ्चार सम्पर्क सहज हुने र मुख्य प्रभावित क्षेत्रमा उद्धार समन्वय थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सञ्चारकर्मीहरूले प्रभावित क्षेत्रमा क्षतिग्रस्त अप्टिकल केबल खोजी गरिरहेका छन् भने प्राविधिक टोलीले नयाँ बेस स्टेसन स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ६ : ४२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको