लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार र आज गरी काठमाडौँ, कञ्चनपुर, बाँके, पाल्पा, कैलाली, मोरङ, दाङ र बर्दियाबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको महानगरपालिका-७ चावहिलस्थित समाज गेष्ट हाउसबाट नियन्त्रित लागूऔषध डाइजेपाम ११४ एम्पुल, फेनारगन ११३ एम्पुल, नोर्फिन ११३ एम्पुल र नगद रु २५ हजारसहित तीन जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट धनगढी उपमहानगरपालिका-१२ बस्ने २२ वर्षीय दिपकबहादुर चन्द, भीमदत्त नगरपालिका-११ बाट कैलालीको गोदावारी नगरपालिका-४ बस्ने २६ वर्षीय प्रभाष मल्ल र डोटीको जोरायल गाउँपालिका-१ बस्ने २६ वर्षीय विक्रम पातली पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट ब्राउनसगुर जस्तो देखिने पदार्थ ३ ग्राम १७ मिलिग्रामसहित भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय अकिल शाह तथा पाल्पाको तिनाउ गाउँपालिका-३ पैठेडाँडाबाट गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अङ्कित खड्का, २५ वर्षीय मेहरसिंह राना र २६ वर्षीय एकराज पन्थी पक्राउ परेका प्रहरीले जनाएको छ ।

कैलालीको टीकापुर नगरपालिका-३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ८१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरसहित दुई जना तथा टीकापुर नगरपालिका-१ समितिपुरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ९१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर पक्राउ परेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-१० शिबिरडाँडाबाट एक, दाङको लमही नगरपालिका-६ देउपुरबाट लमही-७ का २५ वर्षीय परिवर्तन बुढामगर र बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित गेरूवा गाउँपालिका-२ बस्ने २५ वर्षीय विनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : ५४ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल