इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’ « Khabarhub

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का गरिएको इरानी ड्रोन आक्रमणको निन्दा गर्दै यसलाई ‘खतरनाक वृद्धि’ भनेको छ । यूएईमा सापेक्षिक शान्तिको केही हप्तापछि यो घटना भएको हो ।

यो मे महिनापछि यूएईको क्षेत्रलाई लक्षित गर्ने पहिलो इरानी आक्रमण हो, यद्यपि खाडी मुलुकले यस महिना आफ्ना जहाजहरूमाथि आक्रमण भएको रिपोर्ट गरेको छ ।

यूएईको परराष्ट्र मन्त्रालयले एक्समा जारी वक्तव्यमा भनिएको छ, “यूएईको क्षेत्रीय जलक्षेत्रमाथि हवाई रक्षा प्रणालीले रोकेको ड्रोन संलग्न शत्रुतापूर्ण इरानी आक्रमणको कडा निन्दा गर्दछ ।”

मन्त्रालयले यूएईले ‘जवाफ दिने पूर्ण र वैध अधिकार’ सुरक्षित राखेको पनि बताएको छ । रक्षा मन्त्रालयले इरानबाट आएको ड्रोनलाई आफ्नो जलक्षेत्रमाथि नियन्त्रण गरेको बताउँदै अमेरिकी कर्मचारी बस्ने अखडामा क्षेप्यास्त्र आक्रमण भएको अफवाह अस्वीकार गर्‍यो ।

सोमबारको सुरुमा इरानले अल मिन्हाद हवाई अड्डालाई ‘दर्जनौँ ड्रोन आक्रमण” बाट लक्षित गरेको दाबी गरेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ९ : ३४ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल