सिँचाइका लागि विद्युत् सेवा विस्तार « Khabarhub

सिँचाइका लागि विद्युत् सेवा विस्तार


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि उत्पादनको लागत घटाउने उद्देश्यले खेतखेतमा विद्युत् विस्तारको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।

नेपाल विद्युत् प्राधिकरण र गाउँपालिकाको साझेदारीमा करिब ३० करोडको लगानीमा सञ्चालन भइरहेको कृषि सिँचाइ विद्युतीकरण आयोजना सम्पन्न भएपछि किसानले विद्युतीय मोटरमार्फत कम खर्चमा सिँचाइ सुविधा उपयोग गर्न पाउने भएका छन् ।

देवानगञ्ज गाउँपालिका–६ का कृषक हिरा मेहताले तीन बिघाभन्दा बढी क्षेत्रफलमा धान खेती गर्दै आएका छन् । विगत चार वर्षदेखि धानको बीउवृद्धि गर्दै आएका उनले यसअघि डिजेल पम्पसेटबाट सिँचाइ गर्दा प्रतिघण्टा करिब ३०० रुपैयाँ खर्च हुने गरेको बताए । विद्युत्बाट सिँचाइ गर्दा प्रतिघण्टा ५० रुपैयाँभन्दा कम खर्च हुने उनले जानकारी दिए ।

गाउँपालिका–२ का अर्का कृषक रमेश मेहताले आठ बिघा जमिनमा धान, मकै, गहुँ, तोरी र जुटलगायतका बाली लगाउँदै आएका छन् । डिजेल पम्पसेटबाट सिँचाइ गर्दा खर्च बढी लाग्ने र समयमै पानी लगाउन नसक्दा उत्पादनमा असर पर्ने गरेको उनले बताए ।

सिँचाइका लागि नियमित खर्च गर्नुपर्ने भएकाले खेतीको लागत बढ्ने गरेको उनको भनाइ छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको कृषि विद्युतीकरण योजनाबाट किसानलाई राहत पुग्ने छ । उनले भने, ‘आफ्नै पम्पसेट नभएका किसानले अरूको पम्पसेट प्रयोग गर्दा डिजेल खर्चबाहेक प्रतिघण्टा करिब २०० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

किसानको सिँचाइ खर्च घटाउने लक्ष्यसहित गाउँपालिकाले खेतखेतमा विद्युत्का पोल र तार विस्तार गरी विद्युतीय मोटरबाट पानी तान्ने व्यवस्था मिलाउन कामलाई तीव्रता दिएको छ । गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार आयोजना अन्तिम चरणमा पुगेको छ । बाँकी क्षेत्रमा विद्युत्का पोल गाड्ने र तार विस्तार गर्ने काम भइरहेको छ । आगामी मङ्सिरदेखि आयोजनाको औपचारिक शुभारम्भ गर्ने तयारी रहेको उनले बताए ।

गाउँपालिकाका सातवटै वडाका खेतीयोग्य क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको उनले जानकारी दिए । हाल वडा नम्बर ४, ६ र ७ मा विद्युतीकरणको काम भइरहेको छ भने अन्य क्षेत्रमा पनि काम अघि बढाइएको छ । आयोजना सम्पन्न भएपछि किसानले सिँचाइका लागि डिजेल पम्पसेटमा निर्भर हुनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

यसअघि गाउँपालिकाले सिँचाइका लागि किसानलाई विद्युतीय मोटर वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०८३–८४ मा एक हजार १६ वटा मोटर वितरण गरिएको छ भने अब करिब ५० वटा वितरण गर्न बाँकी रहेको अध्यक्ष मेहताले बताए ।

गाउँपालिकाको कृषि शाखाका अनुसार देवानगञ्जमा ६ हजार ४५ परिवार कृषि पेसामा आबद्ध छन् । यहाँ चार हजार ६२५ हेक्टर खेतीयोग्य जमिन रहेकोमा तीन हजार ५८२ हेक्टरमा धान, तीन हजार ३४६ हेक्टरमा हिउँदे मकै र एक हजार ३२ हेक्टरमा गहुँ खेती हुने गरेको छ ।

गाउँपालिकाका करिब ९० प्रतिशत बासिन्दा कृषि पेसामा निर्भर छन् । यहाँ धान, मकै, गहुँ, जुट, उखु, केरा तथा काउली, बन्दा, ब्रोकाउली, टमाटर र करेलालगायतका तरकारी खेती हुने गरेको छ । विद्युतीय सिँचाइ सुविधा विस्तार भएपछि उत्पादन लागत घट्नुका साथै वर्षभरि खेती गर्न र कृषि उत्पादन बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ८ : २४ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि