नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित « Khabarhub

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य सम्मानित भएका छन् । देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान र एसएस फाउण्डेसनद्वारा यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डल सम्मानित भएका हुन् । 

प्रतिनिधिलाई फाउण्डेसनका संरक्षक गीतकार शोभित उप्रेती, फाउण्डेसनका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान उपाध्यक्ष मातृका पोखरेलसहितले सम्मान गरेका हुन् । 

जनवादी गणतन्त्र चीनको साहित्यिक एवं सांस्कृतिक टोलीको नेतृत्व ‘लु सुन कल्चरल फाउण्डेसन’का अध्यक्ष एवं विश्व प्रसिद्ध साहित्यकार लु सुनका नाति झाउ लिङफेईले गरेका छन् ।

संरक्षक उप्रेतीले चिनियाँ सांस्कृतिक एवं साहित्यिक टोलीको नेपाल भ्रमणले यस क्षेत्रमा दुई देशबीच सहकार्य बढ्ने बताए। प्रतिष्ठानका उपाध्यक्ष पोखरेलले मित्रराष्ट्र चीनको सांस्कृतिक एवं साहित्यिक टोलीको भ्रमणले एक अर्काको संस्कृति, साहित्यिक र सभ्यताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

अध्यक्ष श्रेष्ठले नेपालको कला-संस्कृति विशिष्ट रहेको उल्लेख गर्दै यस क्षेत्रमा आपसी सहकार्य र सहयोग आवश्यक रहेकमा जोड दिए। कार्यक्रममा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी नृत्य प्रस्तुत गरिएको थियो । 

पन्ध्र सदस्यीय चिनियाँ सांस्कृतिक एवं साहित्यिक टोलीले पाटन दरबार स्क्वायरलगायत उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक महत्वका ठाँउहरूको भ्रमणसमेत गरेको छ । टोलीलाई शुक्रबार नै नेपाल प्रज्ञा प्रतिष्ठानले स्वागत गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  २ : १६ बजे

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा