बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए « Khabarhub

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका विभिन्न स्थानमा खहरे खोलाको लेदो र पहिरो सडकमा थुप्रिएपछि राजमार्ग दुवैतर्फ अवरुद्ध भएको हो ।

रोशी गाउँपालिका–९ पिन्थलीमा खहरे खोलाले ढुङ्गा, माटोसहितको लेदो सडकमा थुपारेको छ । त्यस्तै, रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो खस्ने क्रम जारी रहेकाले सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले राजमार्ग अवरुद्ध हुनुका साथै पहिरो र लेदो खस्ने जोखिमसमेत कायमै रहेको जानकारी दिए । उनका अनुसार अरनिको राजमार्गका विभिन्न स्थानमा पनि पहिरो गएको छ ।

बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँतर्फबाट गएका सवारीसाधनलाई काभ्रेका विभिन्न स्थानमा रोकिएको छ ।

प्रहरीले सडक खुल्ने आधिकारिक जानकारी प्राप्त नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ । अत्यावश्यक कामले यात्रा गर्नुपर्ने अवस्थामा समेत सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ३ : ३२ बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि