बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात « Khabarhub

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा चिसो बढेको छ । बडीमालिका, बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, हिमालीलगायत स्थानीय तहका उच्च हिमाली भेगमा गएराति नै हिमपात भएको थियो । जिल्लामा लगातार वर्षा भइरहेको छ ।

चिसो बढेसँगै स्थानीय बासिन्दा, पशुचौपाया तथा दैनिक कामकाज प्रभावित भएका छन् । विशेषगरी वृद्धवृद्धा, बालबालिका र बिरामीलाई चिसोले बढी समस्या पारेको छ । वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडक तथा पैदलमार्गमा आवतजावत गर्नसमेत कठिनाइ भएको छ । किसानलाई कृषि तथा पशुपालनका काममा असहज भएको छ ।

यस्तै, निरन्तरको वर्षा र हावाहुरीका कारण जिल्लामा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि दैनिक जनजीवन बनेको स्थानीय शेरबहादुर बुढाले बताए । जिल्लामा करिब धान बाली भित्र्याउने काम अन्तिम चरणमा पुगेर कोदोबाली काट्ने चटारोमा रहेका किसानलाई वर्षाले समस्या पारेको उनको भनाइ छ ।

मौसममा सुधार नआए खेतमा रहेको पराल सुकाउन र पोकेको बाली सुरक्षित रूपमा भित्र्याउन समस्या हुने उनले बताए । यस्तै, धार्मिक तथा पर्यकटीय क्षेत्र बडीमालिकामा पुगेका दुई जना पर्यटक निरन्तरको वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षका सागर कार्की सम्पर्कविहीन भएका छन् ।

यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । तीमध्ये पूर्वका तीन जना भने बडीमालिका पुगेर सदरमुकाम मार्तडी फर्किसकेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ४ : ३३ बजे

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन ट्याग’ कुमारी बैंकमा उपलब्ध

काठमाडौं- कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि

वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

सचिव साइमनले भने- जलवायु परिवर्तनविरुद्धको सङ्घर्ष जारी रहनेछ, हामी कहिल्यै हार मान्नेछैनौँ

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१

विदेशबाट फर्किएर पशुपन्छीपालन गर्दै कञ्चनपुरका शम्शेर, भन्छन्- यसवर्ष ६० लाखको व्यापार गर्ने लक्ष्य छ

कञ्चनपुर– छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८

 आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण