संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत « Khabarhub

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीयता विरोधी पार्टी भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीति सङ्घीयता विरोधी रहेको उल्लेख गर्दै पार्टीका कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिको कुनै अर्थ नहुने स्पष्ट पारेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले मधेशको राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा संघीयतालाई बलियो बनाउँदै अघि बढ्ने बताएका थिए ।

उनले लेखेका छन्– ‘पार्टीका कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने होइन, पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने हो ।’

उनले संघीयताविरोधी शक्तिलाई मधेशबाट पराजित गर्नु नै मधेशी शहीदप्रतिको सम्मान हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘सङ्घीयत खारेज गर्नु रास्वपाको निरन्तरको एजेन्डा रहँदै आएको छ, पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो, यसर्थ मधेश यी संघीयताविरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ, त्यो नै मधेशी शहीदको सम्मान हुनेछ ।’

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ९ : २९ बजे

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)