भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक « Khabarhub

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना रहेको गीत ‘अन्धकार पन्छाएर’ सार्वजनिक भएको छ । शिव परियारको स्वर, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा. नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठलगायतको अभिनय छ । सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महाराले छायांकन गर्नुभएको हो भने सम्पादन वीरेन्द्रकै रहेको छ ।

देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक भएको गीत निकै शसक्त जागरण गीत रहेको छ । वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडियो बिआर प्रोडक्सनमार्फत सार्वजनिक भएको हो ।

हामीहरू फुटेर होइन जुटेर अघि बढौं भन्ने धारणाले यो राष्ट्रभावको गीत श्रोता, दर्शकमाझ ल्याएको डा. रिजाल बताउँछन् । गीतले देश विकासमा जुटन र परिवर्तनका पक्षमा लाग्न सन्देश प्रवाह गरेको छ । जाग युवा जाग देश निर्माणमा लाग भन्ने गीतले आह्वान गरेको छ ।

डा. भोला रिजाल शब्द, संगीत र स्वरका त्रिवेणी प्रतिभा हुन् । उनले रचना गरेको पहिलो रेकर्डेड (२०२० साल) गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उनको स्वरको पहिलो रेकर्डेड गीत हो ।

डा.रिजालकै रचना, संगीत र स्वरमा रेकर्ड भएको यो गीत उहाँको सांगीतिक इतिहासको दस्तावेज नै बनेको छ । डा. रिजाल विसं २००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानको रूपमा जन्मिएका हुन् ।

डा. भोला रिजालका हजुरबुबा ध्रुवलाल र बुबा जननीप्रसाद रिजालमा पनि अब्बल साहित्यिक शिल्प थियो । अहिलेसम्म ३५ सयभन्दा बढी गीत लेखिसकेका रिजालका स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गीति लेखनका हिसाबले करिब ६ दशक पुगिसकेको छ ।

पेशाले चिकित्सक भए पनि साहित्य सिर्जनामा सदैब दत्तचित्त भएर लागिरहेका कलाकार, सर्जक रिजालका ‘मेरो पौवा पाटी, ईश्वर आफैँ बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारंगीको तार टुट्यो, यात्रा, पपकर्न’ लगायतका १३ वटा गीति एल्बम प्रकाशन भइसकेका छन् । त्यस्तै उहाँले ठूलो पर्दाका ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ जस्ता आठवटा चलचित्र निर्माणका साथै ती चलचित्रमा कथा लेखन र गीत लेखन समेत गरेका छन्। यीमध्ये ‘गौँथली’ गीति चलचित्र हो । जसमा महिला हक अधिकार र छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सन्देश रहेको छ ।

डा. रिजालका ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शिरमा टोपी राखें, भागेर भए पनि आऊ’ जस्ता दर्जनौं हिट गीत रहेका छन् । डा. रिजाल यतिबेला पनि गीत लेखन र जीवनी लेख्ने क्रममा नै रहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १० : ४९ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर